युद्धकालमा हाई हाई भएका वादल गृहमंत्री भएपछि सर्वत्र असफल

61

काठमाडौं / देशको सबैभन्दा संवेदनशील गृह मन्त्रालयको जिम्मा पाएका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले सरकारको डेढ बर्षसम्म कुनै खास मुद्दामा सफल देखिएनन् ।

देशमा भइरहेका अपराध, कालोबजारी, कालो धन थुपार्नेलगायतविरुद्ध कुनै कारबाही चलाउन नसकेका थापाले राजनीतिक प्रतिशोधका निम्ति नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध गरी तिनका दुई कार्यकर्ता मार्नबाहेक अरु केहीमा उपलव्धि हात हासिल गर्न सकेनन् ।

थापाले सुन तस्करी प्रकरणमा ‘ठूला माछा’ समेतको संलग्नता रहेको भनेका थिए। तर, त्यसप्रकरणका मुख्य भरिया भनिएका चुडामणि उप्रेती बाहेकका अन्य कोही पक्राउ परेनन्। सरकारी छानबिन समितिले ३८ क्विन्टल सुन तस्करी विमानस्थलबाट भएको रिपोर्ट त निकाल्यो तर थापा नेतृत्वको गृह मन्त्रालयले साढे ३३ किलो समेत भेट्न सकेन ।

‘पद र प्रतिष्ठाको दुरुपयोग भन्दा केही पनि भएन । प्रहरीमा सरुवा बढुवामा बढी ध्यान दिने, सुरक्षामा कमजोर अवस्था देखियो’, एकजना पूर्व प्रहरी अधिकारीका अनुसार,‘बरु प्रहरीलाई भारतीय गाडी चेकजाँच नगर्नू भन्ने बचकना निर्णयचाहिँ गर्न लगाएका थिए, अन्य विषयमा सफल देखिएनन् । माखो मारेनन्, अहिलेसम्म ।’

थापाको कार्यकालमा अर्को चर्चित र उल्झनमा परेको घटना हो, कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरण । यो प्रकरणले राष्ट्र र अन्तर्राष्ट्रियव्यापी चर्चा पायो । तर, थापा माथाहतको निकायले अहिलेसम्म सत्य तथ्य पत्ता लगाउन असफल भएका थिए । यस विषयमा प्रतिनिधि सभामा बारम्बार बैठक अवरोध भएको थियो भने उनले पनि जवाफ दिनु परेको थियो । तर, कुनै खासै सफलता हात नपारेको विषयमा थापाले नयाँ कुरा जानकारी दिन चाहेनन्, अझै पनि उनीसँग परिणामुखी उत्तर छैन ।

त्यसैगरी हत्याका कतिपय मुद्दा गुमनाम अवस्थामा नै छन् । राजधानीमा पूर्वराजादूत केशव शाहको हत्याका विषयमा पनि थापा नेतृत्वले कुनै सफलता हात पार्न सकेन । अनुसन्धानका लागि उनले प्रहरीलाई निर्देशन दिएता पनि कुनै सुराक वा परिणाम हात लागेका विवरण बाहिर आएनन् ।

थापा प्रतिबन्धित नेकपा विप्लव समूहलाई नियन्त्रणकै विषयमा पनि असफल सावित भएको छ । एनसेललगायतका देशका विभिन्न स्थानहरुमा सो समूहले विस्फोट गराउन सफल भयो भने, राजधानीमै पनि ठाउँ ठाउँमा विस्फोट राख्न सफल भयो । जसको नियन्त्रण गर्न थापाको मन्त्रालय सफल भएन । गएको महिनाको १३ गते देशभरको घटना प्रकरण र मंगलबारका विविध घटनाले थापाको असफलतालाई प्रस्ट बनाएको अधिकारीहरू बताउँछन् । बरु, उनी नागरिकतालगायतका अनेक विषयको विवादमा तानिए । नागरिकता विधेयक संसदमा विचाराधिन रहेका बेलामा अंगीकृत नागरिकता वितरणका लागि उनले गरेको परिपत्रले आलोचना मात्र खेप्नु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here