काठमाडौ, प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले देश र जनताका विरुद्ध लागिरहेका शक्तिसँग बदला लिने उद्घोष गरेका छन् ।
मंगलबार आयोजना गरिएको नेपाल बन्द सफल भएको अवसरमा जारी गरेको विज्ञप्तिमा उनले केपी पिके सरकारको राज्य आतंक विरुद्ध आयोजना गरिएको बन्द सफल बनाउन सहयोग गरेको भन्दै आम जनता, पार्टी पंक्ति एवं क्रान्तिकारी शक्तिलाई धन्यवाद समेत दिएका छन् ।
उनले राज्य आतंक, जनदमन र राष्ट्रघात विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई एकतावद्ध भएर संघर्षमा अघी बढ्न पनि आह्वान गरेका छन् । नेकपाले आफ्ना सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिँदै हत्या गरेको भन्दै मंगलबारका लागि नेपाल बन्दको आयोजना गरेको थियो ।