काठमाडौं / सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्की आफ्नै अगाडि पक्राउ परेपछि अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित भएकी छिन् ।
कार्की प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अभिनेत्री थापाले आफ्नो आक्रोश यसरी पोखेकी छिन् ।
फेसबुक स्टाटस :
‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भर्खरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’
‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।