एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

89

काठमाडौं / एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनका अनुसार, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।’ २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here