एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक

350

काठमाडौं– एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

बैठकको निर्णय पछि लगत्तै परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

नतिजा अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला प्रकाशन हुन लागेको हो ।

कर्मचारी समायोजनका कारण जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको बताइएको छ ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here