नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहुलियत सहयोग आवश्यक : अर्थमन्त्री खतिवडा

35

काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहयोग निरन्तर आवश्याक रहेको जनाएका छन् । विश्व बैंककी उपाध्यक्ष एवं महालेखा परिक्षक एन्के डि एन्जेलोसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाललाई अझै केहि वर्ष सहयोगका लागि विश्व बैंकलाई आग्रह गरे ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सबै मापदण्ड पुरा गरेका भन्दै उक्त लक्ष्य सन् २०२२ सम्म पुरा गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्यमा सरकार प्रतिबद्ध रहेको जानकारी दिए । खतिवडाले यसका लागि ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै सहुलियत दरमा विश्व बैंकलगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here