बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

8

काठमाडौं– नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संघ सस्थालाई मर्जरमा जान दबाब दिएको छ ।

बिहीबार सबै बैंक तथा वित्तीय संघ सस्थाका संचाकल समिति अध्यक्ष तथा कार्यकारी निर्देशक(सिईओ) लाई छलफलमा डाक्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिएको हो ।

राष्ट्र बैंकले आफुसँग मिल्ने र वित्तिय उद्देश्य मिल्ने बैंक तथा वित्तिय कम्पनीहरुसँग मर्जरको हात बढाउनआग्रह गरेको छ । त्यसका लागि बैंकले उचित वातावरण बनाइदिने सिमेत जनाएको छ ।

छलफलका क्रममा राष्ट्र बैकले विग मर्जरको विषयलाई उठाउँदै स्वतस्फूर्त मर्जरमा जाने हो वा फोर्स मर्जरमा जाने हो आफै निर्णय गर्न बैंकहरुलाई सुझाव दिएको छ ।

बिहीबार विहान ११ बजेबाट शुरुभएको बैठकमा ११ बजेदेखि १ बजे सम्म बाणिज्य बैक, १ बजेदेखि ३ बजेसम्म बिकास बैंक र ३ बजेदेखि ५ बजेसम्म अन्य फाइनान्सिङ्ग कम्पनीहरुसँग बैंकले छुट्टाछुट्टै छलफल गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here