हातहतियार तथा अवैध लागूऔषध सहित ३ जना पक्राउ

233

सुनसरी / ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई बिहीबार बिहान उनीहरुकै घर तथा डेराकोठाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, सोही उपमहानगरपालिका-११ डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका-२ घर भएका ३१ वर्षीय सुरेश राई र सोही उपमहानगरपालिका-११ बस्ने भोजपुर आमचोक गाउँपालिका-६ घर भएका २९ वर्षीय बिजय राई रहेका छन् ।

विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउण्डबाट पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान, एसएलआरको गोली १४ राउण्ड, पेस्तोलको गोली ११ राउण्ड, लागूऔषध डाईलेक्स डीसी ४ बोतल, लागूऔषध खैरो हेरोईन २ ग्राम ७ सय ३० मिलिग्राम, खुकुरी २ थान, फलामको नक १ थान, मुखुन्डो ३ थान, मोबाइल ३ थान, मोटरसाइकल ३ थान (को.२५ प ४९८९, को.९ प ४३९८, को.५ प ३७५७ नम्बर), डाईसको गोटी ६ थान, नगद १५ हजार १ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here