एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुस्

179

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा सार्वजनिक गरेको छ।

कार्यालयले बुधबार नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले विहिबार परीक्षाफल सार्वजनिक गरेको हो।

विसं २०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो।

देशभरका सात प्रदेशमा १ हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो।

कुल ४ लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ।

परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ। वेबसाइट goe.gov.np मा पनि हेर्न सकिन्छ। परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न सकिन्छ।

यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट              http://www.doe.gov.np/      बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here