प्रधानमन्त्री ओली आफ्नैबाट होसियार हुन जरुरी

353

– निमकान्त पाण्डे

यस्तो घनिष्ठ सम्बन्ध भएर बहुमतको सरकार चलाउन पाउँदा पनि सरकार भने लोकप्रिय बन्न सकिरहेको छैन । यसको कारण के हो ? स्वयम् प्रधानमन्त्री केपी ओलीले बुझ्न जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नौ महिने पहिलो कार्यकालमा जनतामाझ जति लोकप्रिय बनेका थिए, दोस्रो कार्यकालमा त्यो लोकप्रियतालाई निरन्तरता दिन उनी असफल बनिरहेका छन् । यस्तो किन भइरहेको छ ? नौ महिने कार्यकालमा प्रचण्ड नेतृत्वको माओवादीकेन्द्रसंग सत्ता सहकार्य मात्र थियो । तर अहिले त्यहि माओवादीकेन्द्रसंग पार्टी एकीकरण समेत भइ सहकार्य भन्दा माथिल्लो स्तरको सम्बन्ध देखिन्छ । यस्तो घनिष्ठ सम्बन्ध भएर बहुमतको सरकार चलाउन पाउँदा पनि सरकार भने लोकप्रिय बन्न सकिरहेको छैन । यसको कारण के हो ? स्वयम् प्रधानमन्त्री केपी ओलीले बुझ्न जरुरी छ ।

यसपटक बहुमतको सरकार निर्माण भएको केही महिनासम्म पहिलो कार्यकालकै प्रभावका कारण प्रधानमन्त्री केपी ओलीले जे बोलेपनि जनताबाट समर्थन पाउँदै आएको अवस्था थियो । तर शक्तिशाली प्रधानमन्त्रीका रूपमा समय लम्बिदै जाँदा भने जनताबाट टाढिने किसिमका गतिविधि र व्यवहार मात्र प्रधानमन्त्री ओलबिाट देखिन थाले । जसको परिणाम सरकार बनेको डेढ वर्षमै ओलीको लोकप्रियताको मिटर ह्वात्तै घटेको छ ।

 प्रष्ट शब्दमा भन्ने हो भने हिजो जनताको भरोसा मानिएका ओली आज भरोसा गर्न लायक नहुनु दूर्भाग्यपूर्ण हो । यस्तो किन भइरहेको छ भन्ने बारेमा प्रधानमन्त्री स्वयम् र उहाँका आसेपासेहरूले समिक्षा गर्न आवश्यक छ ।

नौ महिने प्रधानमन्त्रीका रूपमा ओलीले देखाएको आशा र भरोसाकै कारण दोस्रो कार्यकालका लागि समेत जनताको विश्वास जितेका उहाँ जनता आफूप्रति निराश र असन्तुष्ट हुँदा समेत त्यसको कारण खोज्नेतर्फ लाग्नुभएकोे देखिदैन, बरु आम जनता, नागरिक समाज र मिडियाप्रति नकारात्मक टिप्पणी गर्दै थप अलोकप्रिय बन्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको छ । प्रष्ट शब्दमा भन्ने हो भने हिजो जनताको भरोसा मानिएका ओली आज भरोसा गर्न लायक नहुनु दूर्भाग्यपूर्ण हो । यस्तो किन भइरहेको छ भन्ने बारेमा प्रधानमन्त्री स्वयम् र उहाँका आसेपासेहरूले समिक्षा गर्न आवश्यक छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने आज उहाँकै सहयात्री बनेका पुष्पकमल दाहाल र रामबहादुर थापाले जसरी एउटै मिसन लिएर १० वर्षसम्म सँगै युद्धमा होमिएका विप्लवहरूमाथि जबरजस्ती दमनको बाटोमा अघी बढिरहेका छन्, यसबाट सचेत बन्न जरुरी छ । किनभने जसरी आज पूर्व माओवादीहरूबीचमा सत्रुतापूर्वक व्यवहार देखिदै आएको छ, पूर्व माले समुहमा यस्तो व्यवहार न विगतमा थियो न अहिले नै छ । पूर्व माले समुहमा राजनीतिक मुद्दामा विभाजन भएपनि एकले अर्काेलाई सिध्याउने गरी इगो भने देखिदैनथ्यो । अहिले नेकपामा समाहित भएको तत्कालीन माओवादी नेतृत्वमा त्यो समस्या देखिएको छ । जुन पार्टीको नेतृत्व स्वयम् प्रधानमन्त्रीले नै गरिरहनुभएको छ । यो प्रवृत्तिले सिमित व्यक्ति वा समुह मात्र नभएर समग्र पार्टी पंक्तिलाई नै असर पु¥याउँछ । जसरी अहिले नेकपा भित्र विचारधाराको मुद्दा प्रतिष्ठाको विषय बनेको छ भोलि पूर्व माओवादीकै जस्तो इगो समस्या देखिदै जाने हो भने समग्र नेकपा भित्र समुहगत हिसाबले अहिले विप्लव नेकपा र पूर्व माओवादी नेतृत्वबीचकै जस्तो अवस्था नआउला भन्न सकिदैन । यसतर्फ प्रधानमन्त्री सचेत हुन आवश्यक छ ।

स्थायी भनिएको सरकार बनेको एक/डेढ वर्ष नहुँदै कुर्सीकै होडबाजी सुरु भएको छ । असन्तुष्टि कहाँ छ ? विचारमा ? विकासका एजेण्डामा ? राष्ट्रियताका एजेण्डामा ? जनताको जीवनस्तर माथि उठाउने एजेण्डामा ? कुनैपनि विषयमा विवाद र असन्तुष्टि देखिदैन । तर कुर्सीमा पुग्ने गोप्य सम्झौता नै विवादको मुद्दा बनिरहेको छ । आखिर किन ?

अर्काेतर्फ शक्तिशाली प्रधानमन्त्रीका रूपमा ओलीले आफैले गरेका प्रतिवद्धताको कार्यान्वयनको अवस्था निकै दयनीय किन भइरहेको छ ? हिजो तत्कालीन नेकपा एमालेको अध्यक्ष एवं प्रधानमन्त्रीका रूपमा ओलीले अघी सारेका कार्ययोजनाले जनताको मन साँच्चिकै जितेको थियो । आज पार्टी एकता मार्फत ठूलो भएको छ भने प्रधानमन्त्रीका रूपमा पनि ओलीको शक्ति बढेको छ । तर ओलीले आफैले गर्ने भनेर घोषणा गरेका कार्यक्रमको प्रारम्भ समेत किन गर्न सकिएको छैन ? यो विषयले सबैलाई आश्चर्यमा पारिरहेको छ । जस्तो एउटा उदाहरण हेरौँ, ओलीले पहिलो कार्यकालमा घरघरमा ग्याँस पाइप पु¥याउने घोषणा गर्नुभएको थियो । दोस्रो कार्यकालको सुरुवातमा पनि यो विषयको चर्चा भएको थियो । तर ग्याँस पाइप पु¥याउने कामको लागि उत्पादन मुख्य कुरा हो । ग्याँसको उत्पादन सुरुवात भएको खै ? नतिजा केही त देखिनु प¥यो नि ? त्यस्तो त देखिएको छैन । स्थायी भनिएको सरकार बनेको एक/डेढ वर्ष नहुँदै कुर्सीकै होडबाजी सुरु भएको छ । असन्तुष्टि कहाँ छ ? विचारमा ? विकासका एजेण्डामा ? राष्ट्रियताका एजेण्डामा ? जनताको जीवनस्तर माथि उठाउने एजेण्डामा ? कुनैपनि विषयमा विवाद र असन्तुष्टि देखिदैन । तर कुर्सीमा पुग्ने गोप्य सम्झौता नै विवादको मुद्दा बनिरहेको छ । आखिर किन ? यस्ता विषयलाई प्रधानमन्त्री ओलीले बुझ्न आवश्यक छ । विकासका एजेण्डाहरू सम्बोधन गर्ने, जनताका आवश्यकताहरूलाई सम्बोधन गर्ने, आत्मनिर्भर अर्थतन्त्र विकासको निम्ति देशभित्र प्राकृतिक भण्डारणहरू उत्खनन् तर्फ अभियान चलाउने , जलसम्पदाको राष्ट्रिय हितमा उपयोग गर्ने सवालमा निर्ममतापूर्वक निर्णय लिएर अगाडि बढ्ने र सीमा अतिक्रमणका विषयहरूमा आफूलाई राजनेताको स्थानमा सोचेर तीन करोड नेपाली जनताको अभिभावकत्व प्रदर्शन गरेर अगाडि बढ्न खोज्ने हो भने प्रधानमन्त्री केपी ओलीलाई कसैले हल्लाउने आँट गर्नसक्ने थिएन । तर दूर्भाग्य ! ओलीको गन्तव्य ‘राम राम’ भन्नुपर्ने अवस्थातर्फ लम्किरहेको देखिन्छ ।

हिजो जनता नै सर्वेसर्वा भन्ने ओली आज जनताको कुरा सुन्न तयार नदेखिनुको कारण घेराबन्दीलाई मात्र पनि दोषी भन्न सकिदैन । स्वयम् ओलीमा रहेको कमजोरी पनि महत्वपूर्ण पक्ष हो ।

आज यस आलेखमा मैले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिन आवश्यक ठानेको छु । प्रधानमन्त्री ओलीलाई सबैभन्दा बढी चूनौति आफ्ना नजिक भनिएकाहरूबाटै छ । तपाईलाई असुरक्षित लागेकाहरूबाट त तपाई सचेत हुन सकिहाल्नु हुन्छ । तर आज तपाइको लोकप्रियतामा कमी आउनुका पछाडि तपाइले नै निकट ठानेका व्यक्तिहरूको चरित्र, व्यवहार र उनीहरूको कार्यशैली पनि हो । जसरी हिँजो राजा महाराजाहरू आफ्नै भित्रका घेराबन्दीका कारण जनतामा जान नसक्दा जनतामाझ अलोकप्रिय बन्ने अवस्था सृजना भएको थियो, आज प्रधानमन्त्री ओलीको अवस्था पनि त्यस्तै हुँदै गइरहेको छ । हिजो जनता नै सर्वेसर्वा भन्ने ओली आज जनताको कुरा सुन्न तयार नदेखिनुको कारण घेराबन्दीलाई मात्र पनि दोषी भन्न सकिदैन । स्वयम् ओलीमा रहेको कमजोरी पनि महत्वपूर्ण पक्ष हो ।

जनताप्रति साँच्चिकै इमान्दार र जवाफदेही हुने हो भने आफूलाई गलत सूचना दिएर नाङ्गो बाद्शाहको अवस्थामा राख्न चाहने स्वार्थी तत्वहरूको भ्रमरूपी घेराबाट बाहिर निस्किएर प्रधानमन्त्री ओलीले आफूले गरेका प्रतिवद्धता अनुसार जनताको पक्षमा कामहरू गर्न आवश्यक छ । यदि जनताको पक्षमा काम गरेर जनताको मनमा बस्न सक्ने हो भने पार्टी भित्र वा बाहिरबाट गरिएका विरोध वा अवरोधले केही असर पार्ने छैनन् । त्यसको उदाहरण आफ्नो विगत नौ महिने कार्यकाल नै पर्याप्त छ । पहिलो कार्यकालमा नौ महिनामै सत्ता छोड्न बाध्य बनेका ओलीलाई जनताले दोस्रो कार्यकालका लागि शक्तिशाली प्रधानमन्त्री बन्ने वातावरण किन बनाएका हुन् ? आफैभित्रकाहरूबाट होसियार हुन सकिएन भने अर्कोपटकको शक्ति प्राप्ति असम्भव हुने छ । आगे ओली कमरेडलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here