आँखा शिविरबाट ४४० जना स्थानीय बासिन्दा लाभान्वित

71

हुम्ला / हुम्लाको सर्केगार्ड गाउँपालिकामा संचालन भएको आँखा शिविरमा ४४० जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । तीन दिनसम्म संचालन भएको उक्त शिविरबाट गाउँ बस्ती मै सेवाग्राहीले सेवा प्राप्त गर्न सफल भएको छ । शिविरमा आँखाका उपचार गरिएका मध्ये ५८ जनाको अप्रेशन गरिएकोमा ती मध्ये ५६ जनाको मोतिया बिन्दु र दुईजनाको टेरिजोमका अप्रेशन भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाबाट आएको टिम लिडर तथा खोप अधिकृत चक्रबहादुर खड्काले जानकारी दिए ।

विशेषज्ञ डाक्टर शक्तिप्रसाद सुवेदीको नेतृत्वमा आठजनाको टोलीले उपचार गरेको हो । उपचार गर्नेमा बढी ५० वर्ष उमेर कटेका बिरामी बढी भएको र केही भने बालबालिकाको पनि उपचार भएको थियो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आँखा शिविर संचालन भएको हो । यस अघि चैखेली गाउँपालिकाको पिप्लाङमा पनि आँखा शिविर संचालन हुँदा १४० जनाको उपचार भएको खोप अधिकृत खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here