एनआईसी एशियाका ग्राहकलाई वयोधा हस्पिटलमा उपचार गराउँदा छुट

211

काठमाडौं / एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगन्जबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकले नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । त्यसैगरी अन्तरंग बिरामीको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको थियो। सम्झौतापत्रमा बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका थिए । मदन भण्डारी विश्वविद्यालय खोल्न थाहा नगरपालिकामा १ सय ७९ रोपनी जग्गा छुट्याइयो सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खोल्ने निर्णय गरेको छ ।

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका लागि सरकारले मकवानपुरको थाहा नगरपालिका-९ मा रहेको १ सय ७९ रोपनी १२ आना २ पैसा जग्गा समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेसँगै विश्वविद्यालय निर्माण हुने भएको हो ।मन्त्रिपरिषदको पछिल्लो बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले विश्वविद्यालय निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा १ अर्ब १० करोड बजेटसमेत छुट्याइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here