नेपालमा लगानी भित्र्याउन महावाणिज्यदूतसँग प्रधानमन्त्रीको आग्रह

84

काठमाडौ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउन पहल गर्न पनि महावाणिजयदुतहरुलाई आग्रह गरेका छन् । बिहीबार बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा उनले यस्तो बताएका हुन् । “हामीले लगानी भित्र्याउन चाहिरहेका छौँ । दुई पक्षीय व्यापार बढाउन चाहिरहेका छौँ र प्रविधि र पुँजी हामीले देश भित्र्याउन खोजिरहेका छौँ । यो कामका लागि उहाँहरुका तर्फबाट कसरी सम्भव हुन्छ भन्ने बिषयमा पनि छलफल भएको छ ” प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहका डा. राजन भट्टराईले भने ।
भेटमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा छलफल भएको छ । खासगरी नेपाल भ्रमण बर्ष सन् २०२०को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको डा. भट्टराईले जानकारी दिए । “हामी अहिले जुन परिवर्तित अवस्थामा आईपुगेका छौँ । हाम्रा राष्ट्रिय प्राथमिकताहरु जुन फरक भैरहेका छन् । ति फरक राष्ट्रिय प्राथमिकतालाई तत् तत् देशहरुमा प्रवद्र्धन कसरी गर्न सकिन्छ ” डा. भट्टराईले भने “ त्यस भित्र पहिलो र महत्वपूर्ण कुरा भनेको यो २०२० मा हामीले भ्रमण बर्षको रुपमा मनाउन गईरहेका छौँ । त्यो भ्रमण बर्षलाई धेरै भन्दा धेरै मुलुकहरुलाई समावेश गराउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।”

भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । “कतिपय स्थितीमा उनीहरुलाई नेपालको तर्फबाट त्यहाँ गर्नु पर्ने सहयोग र त्यहाँको सरकारबाट दिलाउनु पर्ने सहयोग, सुरक्षाको बिषय, कही कुनै कुनै बेलामा उनीहरुको भ्रमणको बारेमा समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो सहयोगलाई कसरी प्रभावकारी बनाउनु पर्दछ भन्ने प्रधानमन्त्रीको धारणा छ ” डा. भट्टराईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here