मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी : राफेल डुडामेल

104

एजेन्सी / भेनेजुयलाका राष्ट्रिय फुटबल प्रशिक्षक राफेल डुडामेलले अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् ।

उनले मेस्सीको समीक्षा गर्दै, “मेस्सी फुटबल इतिहासको उत्कृष्ट खेलाडी हुन् । मेस्सीको सफल करियरमा कमी भएको एउटै कुरा छ– देशलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान नसक्नु । जब मेस्सीलाई पेले, म्याराडोना र रोनाल्डोसित तुुलना गरिन्छ, तब उनको देशप्रतिको खेललाई लिएर विवाद गरिन्छ । अर्जेन्टिना वर्षैपिच्छे मेस्सीमा भर परिरहन्छ । राष्ट्रिय खेलले उनी विश्वको उत्कृष्ट खेलाडी भएको तथ्यलाई परिवर्तन गर्न सक्दैन ।”

उनका अनुसार, “मेरो लागि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन्, अर्जेन्टिनालाई कुुनै पदक जिताओस् या नजिताओस् यस कुराले उसको स्थान खोस्न सक्दैन ।” ब्राजिलमा जारी कोपा अमेरिका कपमा क्वार्टरफाइनल अन्तर्गत अर्जेन्टिना र भेनेजुयला भिड्दैछन् । नेपाली समयअनुसार शुक्रबार राति १२ः४५ बजे खेल सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here