युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

417

काठमाडौँ– आफूलाई धर्ती माता दावी गर्दै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई यातना दिने विष्णु कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।

कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही साता अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here