कृषकलाई चाहिने रासायनिक मल अभाव

226

नेपालगञ्ज / बाँकेमा कृषकलाई चाहिने रासायनिक मलको अभाव भएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा ३ हजार ५०० मेट्रिक टन रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज शाखाका प्रमुख रमेश पौडेलले यस क्षेत्रमा १ हजार मेट्रिक टन डीएपी मल आवश्यक रहेको छ । कृषकका निम्ति अनुदानको मल विक्री गर्न छुट्याएको कोटाभन्दा बढी आउनुका साथै विक्री हुने गरेको देखिएको छ । ‘असारको मध्यतिर प्रयाप्त मात्रा बर्षा नभएकोले खासै मलको माग बढेको छैन’, उनले भने ।

सरकारले नेपालगन्जका निम्ति ३ हजार मेट्रिक टन युरिया, डीएपी १ हजार ६०० मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा विक्रीका गर्नका निम्ति कोटा छुट्याएको उनले जानकारी दिए । चालू आवको जेठमसान्त सम्म ३ हजार ३०० मेट्रिक टन युरिया विक्री भइसकेको छ । जुन अनुदानका लागि छुट्याइएको भन्दा ३५८ मेट्रिक टन बढी हो । १ हजार ६०० मेट्रिक टन डीएपी विक्री भइसकेको छ । यो मल अनुदान भन्दा ४०० मेट्रिक टन बढी हो । आगामी आवको साउनमा रोपाइँ भइसक्ने हुनाले डीएपी मलको माग बढ्ने अनुमान रहेको उनले जानकारी दिए ।

आउँदो साउन महीनाका लागि थप ५०० मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान छ । वार्षिक ५ हजार मेट्रिक टन युरिया, २ हजार मेट्रिन टन डीएपी, ७५ मेट्रिक टन पोटास आवश्यक पर्ने लिमिटेड प्रमुख पौडेलको धारणा राख्नु
भयो । उनका अनुसार सरकारले आगामी आवमा मलखादको सन्तुलित प्रयोग मार्फत माटोको गुणस्तर र उत्पादकत्व वृद्धि गर्न कृषि सामग्री कम्पनी लिमिटेडमा मल बनाउने मेसिन जडानका निम्ति समेत बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here