दहीसँग यी ५ चिज खाँदै हुनुहुन्छ ? सावधान !

107

गर्मी मौसमको स्वादिलो परिकार हो दही शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै नै रुचाइन्छ ।

दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । यस्ता चिजहरूका साथ दही खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप वाकवाकी तथा उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।

दहीमा प्रशस्त मात्रामा क्याल्सियम तथा ल्याटिक एसिड पाइन्छ । उचित ढंगले दहीको सेवन गर्ने हो भने पाचन प्रणाली सुधार्नका लागि यसको अर्को विकल्प छैन भने पनि हुन्छ ।

तर दहीलाई निम्नलिखित पाँच चिजहरूसँग मिसाएर खाएमा भने स्वास्थ्यसमस्या उत्पन्न हुन सकिन्छ:

आँप र दही: गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

चीज र दही: आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

इडलीडोसासँग दही: यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ ।

केरा र दही: हामीकहाँ दहीको नाम लिनेबित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ ।

मासको दालसँग दही: मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर यो चिजलाई एकसाथ खानुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here