मोडेल रितिका जिरेलको अनौठो फोटो शुट (तस्बिर सहित)

491

काठमाडौं / मोडेल रितिका जिरेलले सबैलाई आश्चर्य चकित बनाउँदै धान दिवसको अवशर पारेर असार १५ गते अनौठो फोटो शुट गरेकी छिन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आफ्नै शरीर (छाती र गुप्ताङ्ग) मा  रोपाईं गरेकी हुन् ।

नेपाल एक कृषि प्रधान देश भएता पनि खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँजो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफुले यसरी रोपाईं गरेको यी मोडलले जानकारी दिइन् । खेती योग्य जग्गालाई खेती गर्न जोगाउनु पर्छ भन्ने यी मोडलको अभिव्यक्ति छ । तर यहाँ खेती योग्य जमिन धमाधम मासेर प्लटिङ गरी बाँजो राखेको रितिकालाई पटक्कै मन परेको छैन ।

‘शहर मात्र हैन, गाउँमा पनि खेती योग्य जग्गामा प्लटिङ गरेर किनबेचसँगै कँक्रिटको घर बनाउने क्रम बढेको छ । प्लटिङ गरेर जग्गालाई बन्दी बनाई खेती गर्न छाडेपछि त्यसको बिरोध स्वरुप यो छाती र गुप्ताङ्गमा रोपाई गरेकी हुँ ।’ रितिकाका अनुसार, शहरी कारण जग्गाको अभावले धान रोप्ने ठाउँ छैन् । धानको बिउहरु त्यत्तिकै खेर जान थालेपछि शरीरमा कपडाको रुपमा लगाएर जग्गालाई प्लटिङ गरी धान खेती नास्ने अभियानको बिरुद्ध यो फोटो सेसन गरेकी हुँ ।’ पवित्र धानको अपमान गरेको नठान्न पनि उनले अनुरोध गरेकी छिन् । यो धानको रोपोलाई फोटो सुटपछि खेतमा लगेर आफुले रोपेको पनि उनले प्रस्ट पारिन् ।

एक हिसाबले आपूm भूमिपूत्रि भएकी तथा भूमिको पुजारी भएकोले खेती योग्य जमिनको सँरक्षण र खेतीप्रति सबैलाई आकर्षण गर्न यस्तो फोटो सेसन गरेको पनि उनले जानकारी दिइन् । यस आफ्नो कुनै स्वार्थ नरहेको तथा कुनै व्यक्ति भन्दा पनि प्रबृत्तिको बिरोध गरेको पनि उनले प्रस्टा परिन् । यो रोपोको कपडा बनाउन ३ घन्टा लागेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here