जनमुक्ति सेनाको ब्यारेक अवलोकन गर्दै सभामुख महरा

366

दाङ / सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सभामुख महराले निरिक्षणका क्रममा देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको जनाउँदै तत्कालीन जनयुद्धको सम्झना गरे । उनले भने, ‘अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ।’

सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए ।स्थानीय सङ्क्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here