विप्लव संगठित आतंकवादतर्फ उन्मुख रहेको सञ्चारमन्त्री बास्कोटाको आरोप

108

काठमाडौं / सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव नेकपाले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले जंगली राजलाई छुट दिन नसक्ने जनाउँदै आफ्नै शब्दमा विप्लव समूहले लुटपाटको धन्दा चलाएको, यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भए । विप्लव समूह वार्ताबाट भागेको भन्दै उनले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’ उनले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।’

बास्कोटाले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा आक्रोश पोख्दै भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ? ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here