बालबालिकालाई कुपोषण हुनबाट कसरी बचाउने ?

311

काठमाडौं / शरीर स्वस्थ तथा निरोगी भई बाँच्नका निम्ति आवश्यक मात्रामा खाना तथा पोषक तत्वको आवश्यक पर्दछ । जसका कमीका कारण बालबालिका कमजोर हुने पोषण विद्हरुले जानकारी दिएका छन् । पोषणविद् डा. अरुणा उप्रेतिले कुपोषणका कारण बालबालिकाहरु दुब्लो पातलो हुने, रोगको संक्रमण हुने धारणा राखिन् ।

“बच्चाहरूलाई प्याकेटमा आउने खानेकुराहरु, फास्टफुड खुवाउने प्रवृत्ति तथा पोषणका नाममा बाँडिने प्याकेटको खानेकुराले समेत कुपोषण बनाउने गरेको छ,” उनले भनिन्, “बालबालिकाको नियमित स्वास्थ्य परीक्षण नगराएको खण्डमा, सरसफाइमा ध्यान नदिँदा कुपोषणको समस्या देखिने गरेको छ ।” विभिन्न रोगको संक्रमणबाट पनि कुपोषण हुने गर्दछ । ग्रामीण क्षेत्रका बालबालिका अभिभावकहरुमा स्वास्थ्यसम्बन्धी जानकारी नहुँदा बढी कुपोषणको जोखिममा पर्ने गरेको विज्ञहरु जनाएका छन् ।

बालबालिकालाई पर्याप्त स्तनपान गराउने, नियमित रूपमा घरमै बनाएका हरियो सागसब्जी र प्रोटिनयुक्त र पोसिलो खानेकुरासँगै फलफूल पोषणविद् डा. उप्रेति जानकारी दिइन् । “बालबालिकामा सुरुको अवस्थामा पौष्टिक खाना खुवाउनुका साथै समय–समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउनु पर्छ,” उनले भनिन्, “कुपोषणको अवस्था जटिल देखिएमा तुरुन्त अस्पतालमा लैजानुपर्छ ।” अभिभावकमा पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैजसो बालबालिका कुपोषणको समस्याबाट गुज्रिरहेका पोषणविज्ञहरु भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here