खाटो बसेको घाउलाई कोपरेर फेरि हिंसा मच्याउने खेल भइरहेको छ : प्रचण्ड

293

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही मान्छेहरु शान्ति प्रक्रिया भाड्ँन लागिरहेको जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशदेखि विदेशसम्म केही मान्छे शान्ति प्रक्रिया भाँड्न लागेको आरोप लगाएका छन् ।

प्रचण्डले १० वर्ष लामो सशस्त्र संघर्षपछि नेपालमा स्थापित शान्तिलाई कोपरेर फेरि हिंसा मच्चउने खेल भइरहेको जनाए । उनले भने-‘खाटो बसेको घाउलाई कोपरेर, चिथोरेर शान्ति प्रक्रियामा क्यान्सर बनाउन एकथरी लागेका छन्’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here