नेपालले सिंगापुरलाई २ सय १७ रनले हरायो

77

एजेन्सी / नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराउन सफल भएको छ ।

नेपाललाई जिताउनका लागि ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेका थिए । समुह ए को विजेता भएको नेपालले आगामी असार २३ गते सोमबारका दिन समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरको लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिएका थिए ।

३७ औं ओभरको अन्तिम बलमा कुशल मल्लले एलवी डब्लू आउट गर्नुअघि हरिले ६३ बलमा २ चौका प्रहार गरे । एक समय १९.३ ओभरमा ५०९६ को कमजोर अवस्थामा पुगेको सिंगापुरलाई साँतौ विकेटका लागि हरिले चन्द्रमौली श्रीदेवसँग ५२ रनको साझेदारी गर्दै हारको अन्तर घटाएका थिए । श्रीदेवले ५६ बलमा ३ चौका सहित २३ रनको योगदान दिएका थिए । अम्पायरले बल गन्तीमा त्रुति गरेपछि कुशलले ३७ औं ओभरमा सातौं बल समेत गर्दै लगातार विकेट लिएका थिए ।

ओपनर कन्नुसमी सतीशले २४ रनमा को योगदान दिएका थिए । सागर ढकालले १५ ओभरको पाँचौ बलमा कप्तान रोहित कुमार पौडेलबाट क्याच गराउनु अघि उनले ५५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर शाईं हर्ष भेनुगोपाललाई राशिद खानले १ रनमा क्याच आउट गराए । भिनित मेहतालाई १६ ओभरको चौथो बलमा कुशल मल्लले ५ रनमा एलबी डब्लू आउट गरे । प्रमेश सिंहहाबी ३ रनमा आउट भए । सिंगापुरका ब्याट्सम्यानले ८ दोहोरो अंकमा रन छुन सकेनन् ।फराकिलो जित दिलाउन कुशल मल्लले ९ ओभरमा १ मेडन १४ रन खर्चेर ४विकेट हात पारेका थिए । त्यस्तै तिलक भण्डारीले २ ,राशिद खान र सागर ढकालले समान १ विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here