सामूहिक झगडा हुँदा एकको अवस्था गम्भीर

489

काठमाडौं / चाबहिल स्थित पशुपति मावि छेउमा सामूहिक झगडा हुँदा एकको अवस्था गम्भीर भएको छ भने झगडामा परेका अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राईलाई प्रहरीले  पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको झगडामा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत बायिनाँको पेटमा छुरी प्रहार भएको थियो ।

हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको थियो । ‘अहिलेसम्म अन्य कारण देखिएको छैन’, डीएसपी बोगटीले भने, ‘थप कारण केही छन् कि भनेर अनुसन्धान गरिरहेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here