सुशील वनस्पति उद्योगमा आगलागी

374

वीरगञ्ज- वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न नसकेको डिएसपी शर्माले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here