रेडमी नोट ७ प्रो सार्वजनिक

27

काठमाडौं / चिनियाँ प्रविधि कम्पनी शाओमीले रेडमी नोट ७ प्रो मोबाइल सार्वजनिक गरेको छ ।
यस मोबाइलमा सोनीको ४८ एमपी क्यामेरा छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सर्पोट गर्छ । यसको अघिल्लो र पछिल्लो भागमा रहेको कर्निङ गोरिला ग्लास ५ ले यसलाई अलग बनाएको कम्पनीको दाबी छ । यसको मूल्य नेपाली बजारका लागि ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रू. २४ हजार ९९९ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि रू. २९ हजार ९९९ निर्धारण गरिएको छ । मोबाइल स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा जुन ३० तारिकदेखि देशभर आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कममा उपलब्ध हुने कम्पनीले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here