पत्रकारको सुरक्षामा गम्भीर बन्न पत्रकार महासंघको माग

398

काठमाडौं / नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिटगरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले हिजो असार २१ गते राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेका हुन । आक्रमणबाट गम्भीर घाइते भई बेहोस अवस्थामा काठमाडौं ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

पत्रकारद्धय कार्की र दाहाल माथिको यो आक्रमणको महासंघ कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । महासंघ घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।

त्यसैगरि, असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका  ५ स्थित भत्केपाटी जाखामा दुव्र्यवहार भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

लामा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाइएको सूचनाका आधारमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा केही व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए । महासंघ यस घटनाको निन्दा गर्दै समाचार संकलनमा खटिएका पत्रकारलाई सम्मान गर्नुका साथै घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here