अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राख्दै परराष्ट्रनीतिका प्राथमिकता निर्धारण गरिने

215

काठमाडौ, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको आधारभूत विषय र मान्यता कायम राख्दै र अन्तर्राष्ट्रिय भूराजनीति र भूअर्थनीतिलाई समेत ध्यानमा राख्दै नेपालका परराष्ट्रनीतिका प्राथमिकता निर्धारण गर्न आवश्यक भएको बताएका छन् ।

सोमबार राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको परराष्ट्रनीति नेपालको संविधानबाट निर्देशित भएको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र नीति निरन्तरता र परिवर्तनको समिश्रण भएको बताए। नेपालको परराष्ट्रनीतिको सफलता सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले राज्यका सबै अंग, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्य र सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आर्थिक सम्बन्धका विषयले कूटनीतिमा उच्च प्राथमिकता पाउन थालेको भन्दै आर्थिक कुटनीतिलाई देशको द्रूततर विकास हुने गरी परिचालन गरिएको पनि बताए। परराष्ट्र नीतिको दायरामा आर्थिक कूटनीति, जलवायु परिवर्तन, श्रम आप्रवासन र डायस्पोरा जस्ता विषय समावेश भएको उनको भनाई थियो ।

मन्त्री ज्ञवालीले नेपालको कूटनीति सबैसँग मित्रता र कसैसँग छैन शत्रुता भन्ने स्थापित मान्नेताका आधारमा रहेको भन्दै छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्रहरू दाता राष्ट्र, श्रम गन्तव्य मुलुक एवं अन्य मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभमा आधारित दुईपक्षीय सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउँदै लगिएको बताए।

साझा चासो र हितका विषयमा साझा धारणा राख्ने मुलुकसँग सहकार्य गर्दै संयुक्त राष्ट्रसंघ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र मञ्चमा राष्ट्रिय हित प्रवद्र्धनका लागि नेपालले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो। सरकारले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनका नकरात्मक असरलाई कम गर्न वातावरणमा नेपालले पु(याएको योगदान, समावेशी लोकतन्त्र, मानव अधिकार, महिला सशक्तीकरण जस्ता विषयमा नेपालले हासिल गरेको अनुकरणीय उपलब्धिलाई विश्वसामु स्थापित गराउन सगरमाथा सम्वादको स्थापना गरेको जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here