दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )

232

कुनै समय यस्तो थियो  गायक गायिका  मात्रै सबैभन्दा अगाडि हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन। संगीत भरेर र गीत लेखेर नाम र दाम कमाउन सकिने समय आएको छ। संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन हुँदै छ।

गीतकारका रूपमा सरिता लिङ्देन  नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘  उडेर जाऊँ ‘ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन। यस गीतमा स्वर लोकप्रीय गायिका अन्जु पन्तको  रहेको छ भने शब्द सरिता लिङ्देनको  रहेको छ ।  संगीत मन्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन।

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ।  राम कुमार केसीले  खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले  सम्पादन गरेका हुन।  सत्य राज चौलागाईको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here