काठमाडौं / मुलुककै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयले बुधबार ६० औँ वर्षगाँठ मनाइरहेको छ । विसं २०१६ असार ३० गते विधिवत रुपमा स्थापना भएको विश्वविद्यालयले आफ्नो स्थापनाको वार्षिकउत्सव मनाइरहेको हो ।
विश्वविद्यालयलले बिहान विश्वविद्यालय सभा गरेको छ, जसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थिति थियो । शिक्षा मन्त्री एवम् त्रिविका सहकुलपति, त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टारसहितको सहभागीतामा सभा भएको हो ।