प्रदेश १ को राजधानी विराटनगर जलमग्न

416

विराटनगर /   प्रदेश १ को राजधानी विराटनगर जलमग्न भएकोे छ । गएरातीदेखि परेको वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका हुन् ।

घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सडक पानी परेपछि जलमग्न भएका छन् । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ । धेरै स्थनमा सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ । सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here