पाकिस्तानको पञ्जाबमा दुई रेल ठोक्किदा ११ जनाको मृत्यु

159

एजेन्सी / पास्तिानको पूर्वी प्रान्त पञ्जावमा रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ। घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्।

दुई रेल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। पञ्जावको सदिकावादमा रहेको वालहर रेलवे स्टेनसन नजिकै रेल ठोक्किएका हुन्।

रोकिएको सामान बोकेको रेलमा तीव्र गतिको यात्रु रेल ठोक्किएको हो। यात्रु बोकेको रेल गलत ट्रयाकमा गएकाले दुर्घटना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here