एकजना अथक क्रान्तिकारीको अवशान

302

 -हुकुमबहादुर सिंह

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समितिका पोलिटव्युरो सदस्य तथा नेपालमा चलेको दशवर्से जनयुद्धका एकजना अथक क्रान्तिकारी नेता श्रीनाथ अधिकारीको निधन भएको छ । दशवर्र्षेे जनयुद्धका ‘नायक’ प्रचण्ड र बाबुरामले नेपाली सर्वहारा वर्गीय क्रान्तिलाई धोका दिएर प्रतिक्रियावादमा पतन भएको अवस्थामा पनि श्रीनाथ अधिकारीले नेपाली क्रान्तिको झण्डालाई झुक्न नदिने अठोटका साथ दशवर्र्षेे जनयुद्धका वास्तविक नायक मोहन वैद्य किरणको नेतृत्वमा गठित नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्यका रूपमा उहाँले क्रान्तिप्रतिको आफ्नो आस्था र विश्वास अविचलित रूपले अगाडि बढाउने दृढताका साथ आफूले भावी क्रान्तिको बलिबेदीमा होमिने निर्णय गर्नु भयो । त्यो नै उहाँको देश, जनता र क्रान्तिप्रतिको आस्था र विश्वास थियो ।

अहिले उहा“को असामयिक निधनबाट पार्टी, क्रान्ति, उहा“का परिवारजन तथा हजारौ शुभचिन्तक मित्रहरूमा गहिरो शोक तथा मर्माहत बनाएको मात्रै छैन नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली भावी क्रान्तिमा एउटा अपूरणीय क्षति हुन गएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले श्रीनाथ अधिकारीप्रति लिखित भावपूर्ण श्र्रद्धाञ्जलीमा भन्नु भएका निम्न भनाइहरूले वर्तमान र भावी क्रान्तिकारी आन्दोलनमा उहा“को असामयिक निधनले पार्ने नकारात्मक असरवारे स्पष्ट पार्न मद्दत गर्दछ, जसमा भनिएको छ– ‘२०७६ असार २२ गते बेलुका हाम्रो पार्टीका पोलिटब्युरोका सदस्य कमरेड श्रीनाथ अधिकारी ‘श्याम’को औषधी उपचारका क्रममा ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा दुःखद निधन भएको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन, जनवादी क्रान्ति र दशवर्र्षेे महान् जनयुद्धमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका उहा“को यस निधनबाट हाम्रो पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरूसहित हामी सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित भएका छौ । उहा“को निधनबाट नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको छ ।’

क. महामन्त्रीका यी उल्लेखित भनाइहरूको नेपालको भावी क्रान्तिका लागि उहाँको कति महत्व राख्छ भन्ने कुराले क.अधिकारीको मृत्यु आफैमा ओझिलो र बोझिलो बन्न गएको छ । र नेपालका बाँकी क्रान्तिकारीहरूलाई गोली हानी मार्न कम्मर कसेर लागेका विगतको दशवर्र्षेे जनयुद्धका कम्युनिस्ट नेताहरू प्रचण्ड र बादलहरूको मृत्यले प्वाखजस्तो मृत्यु पर्खिरहेको आफै स्पष्ट छ ।

२०१२ साल साउन ९ गते गोरखाको हंशपुर १ मा जन्मनु भएका अधिकारीले उहा“कै जिल्लाका नेताहरू– बाबुराम, नारायणकाजी, हितमान र लेखनाथ न्यौपानेआदि जस्ता जनयुद्धका हर्ताकर्ता तर पछि गएर विश्व प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गरेर नेपालको वर्तमान प्रतिक्रियावादी सरकारमा हिस्सेदार बनेका ती गोर्खाली नेताले पच्छाएको दक्षिणपन्थी संसदवादी संशोधनवादी राजनीतिक लाइनलाई घृणाका साथ तिरष्कार गर्दै भावी क्रान्तिमा सर्वहाराको हँसिया हथौडा झण्डालाई अझ उचाइमा लैजाने महान कार्यमा दत्तचित्तका साथ लाग्ने उद्घोष गर्नुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालय कुपण्डोलमा आयोजित श्र्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव क.किरणले दिवंगत नेता अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्र्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि उहाँको शरीरमा अबिर तथा फूलमाला चढाई श्रद्धाञ्जली गर्नु भएको थियो । कुपण्डोलमा गरिएको श्रद्धाञ्जली सभामा क. अधिकारीलाई अन्तिम बिदाइ गर्न सरकारी नेकपाका अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष बाबुराम, नेकपाका अध्यक्ष ऋषि कट्टेल, मालेका अध्यक्ष सीपी मैनाली, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू थिए । उक्त कार्यक्रमपछि उहाँको शरीरलाई अन्तिम दाहसंस्कारका लागि काठमाडौंको पशुपति आर्यघाटमा लगिएको थियो । यसरी जनयुद्धका एकजना अथक क्रान्तिकारीको अवशान हुन गएको छ तर उहा“को देश र जनता अनि क्रान्तिप्रतिको यो अगाध आस्थाले नेपालका भावी पिढीका लागि एउटा मार्गनिर्देश गर्ने स्पष्ट छ । [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here