काठमाडौं / देशका विभिन्न ठाउँमा केही दिनयता लगातार आएको वर्षाका कारण गएको बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनाएका छन् ।
उनले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु तदारुकताका साथ लागिरहेको दावी गरेका छन्। सामाजिक सन्जालको आफ्नो पेजमार्फत बादलले घटनाले पुर्याएको क्षतीप्रति दुख व्यक्त पनि गरेका छन्।
पेजमा लेखिएको छ : राहत तथा उद्दारमा कुनै कसर बाँकि नराख्न निर्देशन दिईसकिएको छ । आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्दछु ।



















