प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित

355

एजेन्सी / अमेरिकाको पूर्वी शहरहरुमा प्राकृतिक प्रकोप तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोका कारण हजारौँ जनजीवन प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ । सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ । स्वयमसेवक तथा उद्धारकर्ताहरुले प्रभावितहरुलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका
छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here