अफ्रिकन नेसन्स कपको उपाधीका लागि अल्जेरिया र सेनेगल भिड्ने

15

एजेन्सी / इजिप्टमा जारी अफ्रिकन नेसन्स कप फुटबलको उपाधीका लागि अल्जेरिया र सेनेगल फाइनलमा भिड्ने भएको छ । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । साथै सेनेगलले ट्युनिसियालाई १–० गोल पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

अल्जेरियालाई जिताउन रियाद महारेजले इन्जुरी समयमा फ्रिकिक मार्फत निर्णायक गोल गरेका थिए । अल्जेरियाले ४०औं मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । नाइजेरियाका विलियम ट्रोस्ट इकोङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि ७२आंै मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएका थिए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा महारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै अल्जेरियालाई फाइनलमा पुर्याए ।

यसैगरी सेनेगलले अतिरिक्त समयमा ट्युनिसियालाई आत्मघाती गोल सहयोगमा हराएको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोल उपहार पायो । १०१औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनको प्रहार आत्मघाती गोल भएको थियो । सोही गोलनै सेनेगलको जितम निर्णायक बन्यो । निर्धारित समयमा दुवै टोलीले एक एक पेनाल्टी गुमाएका थिए । उपाधिका लागि अल्जेरिया र सेनेगलबीच शुक्रबार फाइनल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here