कोकाकोला खाँदा तपाईको शरीरमा के–के हुन्छ ? यस्तो छ रहस्य

650

एजेन्सी / अमेरिकाको चर्चित सफ्ट ड्रिङ्क निर्माता कम्पनी ‘कोका कोला’को इतिहास पनि पुरानो नै छ। जर्जियाको एटलान्टाबाट सुरू भएको यस कम्पनीले आज संसारभरी नै आफ्नो कारोबारलाई फैलाउन सफल भएको छ। नेपालमा पनि कोका कोलाको ठूलो बजार स्थापित छ। कोका कोलाले दुनियाभरीकै सफ्ट ड्रिङ्क बजारमा खास स्वादको साथसाथै आफ्नो छुट्टै पहिचान पनि बनाएको छ।

सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् ।

उनले यस ब्लगमा कोकाकोला खाएकोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ।

पहिलो १० मिनेट

जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपाईको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । योमात्रा २४ भण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

२० मिनेटपछि

कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ । जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र माटोपना बढ्न जान्छ ।

४० मिनेटपछि

त्यसपछि उसको शरीरमा क्याफिनको मात्रा छिट्टै बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । अनि मस्तिष्कमा रगत जान कम हुन्छ ।

४५ मिनेटपछि

त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

६० मिनेछपछि

खाएको १ घण्टापछि तीन प्रक्रिया हुन्छ ।

  • फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कराण मेटाबोजिल्म बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक अरु बढ्छ । यसपछि मानिस पिशाब फेर्न जानछन् र केल्सियम बाहिर निक्लिन्छ ।
  • क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपार्यलाई पटकपटक पिशाब लाग्न थाल्छ । जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ जुन तपाईको हड्डीमा जानुपर्ने हो ।
  • जसरी यो प्रक्रिया हुन्छ । मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । कोकमा भएको पानी यूरिनद्धरा बाहिर निक्लन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here