राष्ट्रपतिको घरमा कलाकारलाई नाच्न लगाएकोमा करिष्माको विरोध

220

काठमाडौं / शुक्रवार ०७३, ०७४ र ०७५ साल गरेर तीन वर्षको एकैपल्ट बाँडिएको अवार्ड राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा यसपाली सहभागीलाई ‘बोर’ नहोस् भनेर चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो।

राष्ट्रपतिको घरमा कलाकारलाई नाच्न लगाएकोमा अभिनेत्री करिष्मा मानन्धरले विरोध गरेकी छिन्। अवार्ड समारोह सम्पन्न भएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले राष्ट्रपतिलाई कटाक्ष गर्दै लेखेकी छिन्, ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे !  घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन। बाहिर आउनुस तपाईं हाम्रो आमा हो। हामी तपाईंको लागि ज्यान दिन्छौं।’

करिश्माले आपत्ति जनाएर स्टाटस् लेखेपछि यसमा अभिनेता सरोज खनालले समेत सहमति जनाएका छन्। खनाल स्वयम् राष्ट्रप्रति निवासमा आयोजित कार्यक्रममा नाच्नेमध्ये एक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here