प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपप्रमुखबीच भेट

173

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सेनाका उपप्रमुख जनरल पउल जे सेल्भाबीच भेट भएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधानसेनापतिले अमेरिकी रक्षा विभाग पेन्टा गनमा उनीसँग भेट गरेका हुन् । अमेरिकाले नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा समावेस गरेको बताइरहेका बेला दुई देशका उच्च सैनिक अधिकारीबीच भेट भएको हो । प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभाग अन्तर्गतको दक्षिण एशिया विभाग हेर्ने अधिकारीहरुसँग पनि भेट गरेका छन् ।
भेटका क्रममा प्रधानसेनापति थापा र दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुबीच द्धिपक्षीय हित, आपसी सहयोग तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here