बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

84

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढीपहिरो तथा डुबानपीडितहरुलाई ५ दिनको तलब दिने भएका छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स‌ंघीय सांसदहरुले बाढीपहिरोपीडितहरुलाई ५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए ।

कांग्रेसले सोमबारै बाढीपीडितहरुको बारेमा छलफल गर्न भन्दै संसदको नियमित प्रक्रिया रोक्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । तर राजपासँग मिलेर कांग्रेसले दर्ता गराएको उक्त प्रस्तावलाई अस्वीकार गर्दै प्रतिनिधि सभा साउन ८ गतेसम्मलाई स्थगित गरिएको छ।

प्रवक्ता शर्माले अब सबै दलले तत्कालका लागि विपत्तिमा परेकाहरुको उद्धार र सहयोगमा एक भएर जुट्नुपर्ने पनि जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here