विप्लवसँग वार्ता गर्न सरकारका तीन सम्पर्क सूत्र

83

काठमाडौं- सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लवसँग वार्ताको तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लवलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्।

स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडल र तत्कालीन वार्ता संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएको छ। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here