सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी इंग्ल्यान्डलाई

88
England's captain Eoin Morgan is doused in champagne as he raises the trophy after winning the Cricket World Cup final match between England and New Zealand at Lord's cricket ground in London, Sunday, July 14, 2019. England won after a super over after the scores ended tied after 50 overs each. (AP Photo/Matt Dunham)

एजेन्सी / आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो । त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो ।

दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए । तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो । न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो ।

क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो । १९९२ पछि फाइनलमा इङ्ल्यान्डको सन् १९९२ पछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

पछिल्लो पटक सन् १९९२ मा भएको उपाधि भिडन्तमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो ।

इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि उचाल्न सफल भएको हो । सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियार सन् १९९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार भोगेको थियो ।

अर्कातिर न्युजिल्यान्डको टिम दोस्रो पटको फाइनल खेलेको हो । सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो।

उपाधि विजेता इंग्ल्यान्डले करिब ४६ करोड ६६ लाख नेपाली रूपैयाँ जितेको छ । इङ्ल्यान्डले विश्ववकपको ट्रफीसँगै उक्त रकम जितेको हो ।

लगातार दोस्रो पटक फाइनलमा हार भोगेको न्युजिल्यान्डको टिमले १४ करोड रूपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमले सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी उचाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here