अन्तर्राष्ट्रिय कुङफुमा नेपाललाई ५ स्वर्ण जित्यो

19

काठमाडौं / दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जित्न सफल भएको छ । बंगलादेशमा जुलाई ११ देखि १४ तारिखसम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित एक रजत जितेको हो ।

सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते । अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारे । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण जिताए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप एक रजत पदक जितेको बूढानिलकण्ठस्थित उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिएका छन् । स्वर्ण पदक विजेता टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here