छबिले शिल्पालाई भने -‘संंसारको कुनै पनि अदालतमा जानु पर्दैन’

304

फिल्मी नगरीमा केही दिन यता अभिनेत्री शिल्पा र निर्माता छबिराज ओझा बीचको विवाद चर्चाको विषय बनिरहेको छ ।पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता छबी ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् ।

छबिले आफ्नो फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै एउटा लामो सन्देश र स्टाटस लेखेका छन । छबिले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन रुयदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइसम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here