अच्चमकी युवती जसले आफ्नै खुट्टा काटिन्

36

एजेन्सी / बेलायतीकी एक मोडेल, नर्तकी तथा गायिका हाल चर्चामा छिन् । चर्चामा रहनुको मुख्यकारण उनको एउटा खुट्टा नहुनु मात्र नभइ, उनको खुट्टा नहुनुको अनौठो कारण पनि रहेको छ । भिक्टोरिया मोडेस्टाको जन्म लाटभियामा भएको थियो । बाल्यकालमा दुर्घटनामा परेकोले उनको खुट्टामा केही समस्या भैरहेको थियो भने खुट्टा दुखिरहने समस्या पनि थियो । १२ वर्षको उमेरमा भिक्टोरिया लण्डनमा आइन् । किशोरावस्थामा अनेक खालका समस्या झेलेकी भिक्टोरियाले अन्ततः २० वर्षको उमेरमा आफ्नो खुट्टा काट्ने फैसला गरिन् । उनले पहिले आफ्नो खुट्टाको समस्या समाधानका लागि धेरै पटक सर्जरी गराइन् तर खुट्टाको दुखाई कम भएन, उल्टै बढ्दै गयो ।

 

२० वर्षको उमेरमा आफ्नो एउटा खुट्टा काट्ने फैसला गरेपनि उनले खुट्टा काट्ने आफ्नो इच्छा पूरा गर्न ५ वर्ष कुर्नुपर्यो । उनले सर्जरी गर्ने डाक्टरहरुलाई मनाउनका लागि ५ वर्ष लाग्यो । अन्ततः उनको खुट्टा काटियो । ता कि उनको समस्या कम होस् र सरीर सन्तुलनमा आओस् । बाल्यकाल देखिनै खुट्टामा समस्या आएका कारण उनी आफ्नो काममा फोकस गर्न सकिरहेकी थिइनन् । तर खुट्टा काटेसँगै उनले आफ्नो सपना पूरा गरेकी छिन् ।

खुट्टा काटिसकेपछिको समयमा उनको जीवनले कोल्टे फेर्यो । भिक्टोरियाले सन् २०१२ मा लण्डनमा भएको प्याराओलम्पिक समापन समारोहमा शानदार नृत्य प्रदर्शन गरिन् । हाल भिक्टोरिया एक चर्चित हस्ती भएकी छिन् । उनले हालै पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन् । उक्त कार्यक्रम पछि उनको चर्चा झनै चुलिएको छ । स्मरण रहोस् भिक्टोरिया आफुलाई कुनै एउटा देशको मात्र नागरिक ठान्दिनन् । उनी आफूलाई विश्वकै नागरिक ठान्दछिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here