नेपाली बाँधकै कारण तराई–मधेस डुबान :गृहमन्त्री

90

जनकपुर — गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय बाँधले नभई नेपाली बाँधकै कारण तराई–मधेस डुबानमा परेको जनाएका छन् । बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्न गएका उनले नेपाली बाँधलाई ठिक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या बढेको जनाए ।

हेलिकप्टर निरीक्षणपछि जनकपुर विमानस्थलमा बिफ्रिङ गर्दै गृहमन्त्री थापाले भारतको बाँधले समस्या ल्याएको नभएर नेपालतिर ठिक ढंगले तटबन्धन नगरेकाले डुबानमा परेको जनाए । उनले खोला–नदीको बाँधलाई व्यवस्थित गर्नुपर्ने पनि जनाए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित झन्डै आधा दर्जन मन्त्रीसहित बुधबार प्रदेश २ को बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए । उनले प्राधिकरण गठनका लागि नियमावली बनिसकेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here