लोकसेवा विज्ञापनको विरोध गर्दै आदिवासी जनजातिहरू उत्रिए प्रदर्शनमा

76

 काठमाडौं /  आदिवासी जनजातिहरूले लोकसेवा आयोगको विज्ञापनको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गरेका हुन्।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन विरुद्ध उनीहरुले मंगलबार माइतीघर मण्डलामा विरोधका कार्यक्रम आयोजना गरेका हुन् ।  मंगलबार काठमाडौंमा आयोजित विरोध सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

विरोध प्रर्दशनपछि आयोजित कोण सभामा विभिन्न जातीय संगठनका प्रतिनिधिहरुले भनाइ राखेका थिए।

आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले उत्पीडित जनता र तमाम आदिवासी जनजातिहरु विभेदमा परेको जनाउँदै भने, ‘शासक वर्गले योग्यतामा गर्ने भनेको छ। शासक वर्ग सदा योग्य रहने व्यवस्था कहाँ छ ?’ लोकसेवा आयोगले आदिवासीलाई तल्लो दर्जाको नागरिकको रुपमा हेरेको उनले आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here