वर्षायाममा इम्यून सिस्टमलाई बलियो बनाउन के खाने ?

272

एजेन्सी / वर्षायामको समयमा इन्फेक्सन, एलर्जी र चिसो लाग्नु स्वभाविक नै हो । इन्फेक्सनले शरीरलाई अत्याधिक कमजोर बनाउँछ । यस्तो समयमा खाना पचाउन गाह्रो हुने र इम्यून सिस्टम पनि कमजोर हुन्छ । इम्यून सिस्टमलाई बढाउन के गर्न सकिन्छ त ? इम्यून सिस्टमलाई बढाउन स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ । सुत्नका लागि कुनै सम्झौता गर्नुहुन्न र निन्द्रा पुरा गर्नुपर्दछ । अत्याधिक सुत्नाले पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । दैनिक जीवनमा आउने बिभिन्न किसिमका तनावबाट टाढा रहनु पर्दछ ।  इम्यून सिस्टमलाई बढाउनका प्रयोग गर्न सकिने केही खानेकुराहरु यस प्रकार रहेको छ ।

१. मरिच : खानामा मरिचको धुलो या टुक्रा पारेको मरिच प्रयोग गर्नु पर्छ । यसले ग्यास्ट्रिकको समस्या समाधान गर्छ । छिटो बढ्ने व्यक्टेरियाहरुलाई बढ्न दिँदैन जसले रुघाखोकी र अन्य इन्फेक्सन कम हुन्छ ।

२. लसुन र अदुवा : सुपर एण्टि इन्फ्लेमेट्री तत्वले भरिएको लसुन र अदुवाले शरीरमा हुने दुखाई र वान्ता हुने समस्याबाट बचाउँछ । बुढीऔँलाको आकारको अदुवा, एउटा कागती, ३र४ लसुन र एक गाजर मिलाएर जुस बनाएर पिउनाले पनि इम्यून सिस्टम बढाउन मद्दत गर्दछ ।

३. तुलसी : रुघाखोकी, सासफेर्न गाह्रो हुने तथा फोक्सोमा हुने बिभिन्न रोगबाट बच्न तुलसीको प्रयोग गर्न सकिन्छ । तुलसीको पात सफा पानीमा हालेर पिउनाले पानीमा रहेको किटाणु मर्ने मात्र नभै तपाईँको शरीरलाई पनि बलियो
बनाउँछ ।

४. बेसार र मह : सिजनल एलर्जीबाट बच्नका लागि बेसार र मह उत्कृष्ट औषधी हो । यसले रुघाखोकी, भाइरल इन्फेक्सन र सिजनल एलर्जीका व्याक्टेरियालाई कम गर्दछ र इम्यून सिस्टमलाई बलियो बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here