प्रधानमन्त्रीले जनतालाई ढाँटेपछि माफी माग्नु पर्छ !

98

– चन्द्रप्रकाश बानियाँ

‘निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्दैन ‘ ! चिनीया राष्ट्रपति सीको यो भनाई यतिखेर सामाजिक सञ्जालमा व्याप्त छ । भन्न त मानिस परिस्थितिको दास हुन्छ र समय परिस्थितिले उसलाई बदलिदिन्छ वा डो¥याउँछ भनिन्छ । वास्तविकता दुरुस्त त्यस्तै होजस्तो लाग्दैन । यथार्थमा मानिसलाई बदल्ने आफ्नै विवेक र ज्ञानले हो । कुन कुरा गर्नु हुन्छ र कुन कुरा गर्नु हुदैन भन्ने लौकिक जानकारी अर्थात ज्ञान र गलत बाटो हिँडिएको हो भन्ने जानकारी भएपछि त्यसलाई चटक्कै छोड्नुपर्छ भन्ने नैतिक विवेकले मानिसलाई अलस बाटो अनुशरणगर्न अभिप्रेरित गर्छ । मानिस दुष्टबाट सज्जनमा रूपान्तरित हुन्छ । विवेक र ज्ञानमध्ये एउटाको अभावमा मानिस सुध्रन सक्तै सक्तैन । उदाहरण लिउँ भ्रष्टाचारको ! यतिखेर भ्रष्टाचारबाट मुलुक आक्रान्त छ भनेर नमान्ने मानिस कोही छैन होला । तर भ्रष्टाचार गर्नेहरू सबैमा भ्रष्टाचार पापाचार हो, गर्न हुदैन भन्ने ज्ञान नभएका भने होइनन् । सबै भ्रष्टहरूमा त्यस्तो ज्ञान छ । किनकि भ्रष्टाचार गर्नेहरू सबै उच्च शिक्षा प्राप्त विद्वानहरू छन् । युनिभर्सिटीको शिक्षाबाट वञ्चित भएको भ्रष्टाचारी बिरलै होला । एकाधबाहेक भ्रष्टाचारीहरू सबै शिक्षित समुदायका नै छन् । त्यसैले भ्रष्टाचारीहरू शिक्षित छन्, ज्ञानी छन् तर विवेकहीन छन् । स्वार्थी छन् । समाजको लागि जीवन अर्पण गर्नुपर्ने कम्युनिष्ट विद्वानहरू समेत निजी सम्पत्ति आर्जनमा लिप्त छन् । धनलिप्सा नै भ्रष्टाचारको मूल कारण हो । जानकार मानिसलाई भ्रष्टाचारीमा बदलेको समय परिस्थितिले होइन, लोभले हो, स्वार्थले हो, स्वविवेकले हो ।

बदलिने र बदल्ने कुरा सर्वाधिक राजनीतिक फाँटमा गरिन्छ । धादिङे दादा चरीलाई पार्टी भिœयाउने सन्दर्भमा हो क्या रे वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘रत्नाकरहरूलाई वाल्मिकिमा रूपान्तरित हुने अवसर दिनुपर्छ’ भनेका थिए सायद ! वाल्मिकि एउटा मिथकीय कथापात्र हो । त्यसलाई सत्य भनेर मान्नु र अनुशरण गर्न खोज्नु असँगत प्रयत्न हो । मानिलिउँ कि वाल्मिकि फेरिएका होलान् रे तर बिर्सन नहुने कुरा के हो भने ‘रत्नाकर बाल्मिकिमा फेरिएका हुन सक्छन् तर सबै रत्नाकरहरू वाल्मिकि बन्न सक्तैनन्’ । प्रश्न त अरुलाई बदल्छौं भन्नेहरू आफू कति रूपान्तरित भए भन्ने पनि उठ्छ । सामन्त जमिन्दारहरूको टाउको गिड्ने अभियानबाट राजनितिक यात्रा सुरु गरेका ओली यतिखेर प्रधानमन्त्रीको कुर्चीमा मात्र छैनन्, संसारकै दोश्रो ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष पनि छन् । झापादेखि बालकोटसम्म आइपुग्दा सैद्धान्तिक रूपले उनले निकै लामो बाटो तय गरिसकेका छन् । सत्ताका दृष्टिले उनले तय गरेको बाटो उबडखावड र बाङ्गोटिङ्गो देखिएला तर चरीत्रका दृष्टिले उनी निरन्तर ओरालो झर्दै आएका छन् भनेर मान्नेहरूको संख्या नेपालमा कम छैन होला । प्रारम्भविन्दूबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण जता लागे पनि त्यसलाई परिमार्जन, सुधार वा परिवर्तन मान्ने कुरा एउटा हो, गुणात्मक दृष्टिले सुधारिएको वा परिवर्तित भएको मान्नका लागि यात्रा उध्र्वमुखी हुनु जरुरी हुन्छ । देवकोटाले भनेजस्तो लक्ष ‘उडी छुनु चन्द्र एक’ भन्ने खालको हुनुपर्छ ।

आफू सुधारिने होइन, अरुलाई सुधार्ने कुराको अलिकता चर्चा गरौं । हालसालै दिपक मनाङे नामका माननीय सांसदलाई नेकपामा प्रवेश दिइएको छ । दुरुस्तै त्यसैगरी एक जमानामा भीमप्रसाद गौचनहरूलाई पार्टी प्रवेश गराइएको थियो । रमाइलो कुरा त के थियो भने पार्टी प्रवेशको सन्दर्भमा आयोजित सभाभमै “यो पार्टीले राजा मान्यो, बहुदल मान्यो र निजी सम्पत्तिको अधिकार पनि मानेपछि अब कम्युनिष्ट रहेन । म कम्युनिष्ट हुनका लागि एमाले प्रवेश गरेको होइन । एमाले अब कम्युनिष्ट रहेन भन्ने बुझेर मात्र पार्टीको सदश्यता लिएको हुँ’ भनेर गौचनले सार्वजनकि रूपमै भनेका थिए । यसपटक पनि न दिपक मनाङेलाई कमयुनिष्ट बनाउन सकिन्छ । न उनमा कम्युनिष्ट बन्ने रहर छ । न नेकपालाई कम्युनिष्ट पार्टी हो भन्ने मान्यता रखेर दिपक मनाङेले पार्टी प्रवेश गरेका हुन् । दुबैथरमा त्यस्तो भ्रम छजस्तो लाग्दैन । अर्थात दादाहरू सुध्रेर कम्युनिष्ट नबन्ने भएपछि बन्ने के हो त ? वैधानिक दुराचारी अथवा सरकारी भ्रष्टाचारी !?
कुरो न चपाइकन भन्ने हो भने अरुलाई सुध्रने अवसर प्रदान गर्छौं भनेर गुड्डी हाँक्नेहरू आफै कति सुधारिएका छन् कि झन् बिग्रेका छन् भनेर निष्पक्ष मूल्याङ्कन गर्दा दोश्रो पक्षमा सबै सहमत हुनुको विकल्प रहन्छ जस्तो लाग्दैन । गुरुहरू आफैले रछ्यानमा मुख जोतेर सुतुमुर्गे चरीत्रमा फेरिएपछि गतिछाडाहरूको अरु उदाहरण खोज्न कहाँ जाने ? यात्रा झन भन्दा झन् तलतिर लाग्दै गएको देखिन्छ । वास्तवमा नेपाली समाजको यतिखेरको गुनासो यही हो । कम्युनिष्ट पार्टी भनेको जनताको पक्षधर हुन्छ, कम्युष्टिहरूलाई मत दिनु भनेको जनताको हितकल्याणको पक्षमा मतदान गर्नु हो भन्ने आफ्नो मान्यता गलत सावित हुनलाग्यो भन्ने चिन्ता हो । यतिखेरसम्म त जनतामा चिन्ता मात्रै छ । स्खलनको यो गति रोकिएन भने जनतामा पश्चाताप हुर्कने छ । र त्यसको परिणाम पश्चिम बङ्गालको जस्तै हुदैन भनेर कसरी ढुक्क हुन सकिन्छ र ? दुईबर्षे कार्यकालमा वर्तमान सरकारले जनताबीच आशाको किरण देखाउन सकेको छैन ।

दक्षिण कोरियाका वर्तमान राष्ट्रपति ‘मिन जाय इन’ले हालसालै ‘प्रति घन्टा श्रमिक ज्याला दशहजार वान बनाउने’ जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न नसकेकोमा सार्वजनिक रूपमा क्षमा मागेका छन् । दुःख व्यक्त गरेका छन् । त्यसरी जनतासँग गरेका अपूरो वाचाका लागि क्षमा याचना गर्ने हो भने हाम्रा प्रधानमन्त्रीको बाँकी तीनवर्षको अवधि क्षमा याचना गर्दैमा बित्ने छ । यताउता फर्कने, विदेश शयर गर्ने, उटपटयाङ् टुक्का गाँस्दै हिड्ने वा काम गर्ने अवसर मिल्ने नै छैन । पूरा गर्नै नसकिने यति धेरै वाचा जनतासँग गरेका छन् कि तिनको हिसाब गर्न एउटा मान्छेका हातगोडाका औला पर्याप्त हुनेछैनन् । वाचा गरिएका दर्जनौं मध्ये पाँचवटा मात्र पनि पूरा गर्ने क्षमता, हैसियत र ल्याकत उनमा रहेनछ भन्ने स्पष्ट भैसकेको छ । रेल, पानीजहाज, घरघरमा ग्यासपाइलाइनजस्ता विषयहरू यो कार्यकालमा होइन, सत्तामा रहुन् वा नरहु्ुन् कमसेकम उनको जाीवनकालमा पूरा हुदैनन् भन्ने कुरा जनताले बुझिसकेका छन् । सर्वसाधारणहरूले समेत बुझिसकेको कुरा प्रधानमन्त्रीले बुझेका होओइनन् भन्न मिल्दैन । साँचै बुझी बुझीकन जतनतालाई ढाँटेको हो भने सार्वजनकि रूपमा क्षमा माग्नु पर्छ कि पर्दैन ?

अरुलाई सुधार्ने हिम्मत राख्ने मान्छेले आफूलाई सुधार्न सक्तैन भन्न मिल्दैन । हाम्रा प्रधानमन्त्रीलाई पनि समय परिस्थितिले गतिलो पाठ सिकाइसकेको छजस्तो लाग्छ । अब सायद आफ्नो औकात र राष्ट्रको क्षमता, सिमा र परिस्थितिको बोध हुन थालेजस्तो छ । पछिल्लो पटक भारतीय दुूतावसबाट नेपालको परराष्ट्र मन्त्रालयसँग गरिएको पत्राचारको सम्बन्धमा आफू झुटो बोल्नु परेकोमा लज्जित भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरिएको छ । त्यो आत्मसुधारतर्फको आशालाग्दो पाइलो हो । कालो बादलमा देखिएको चाँदीको घेरो हो । प्रधानमन्त्रीले हिजो जनतालाई ढाँटेको र झुटो लालच देखाएकोमा क्षमा माग्न ढिलो गर्नु हुँदैन । गलत बोलकोमा आत्मालोचना गर्नुपर्छ र बाँकी तनि बर्षको अवधिमा गर्न सकिने र राष्ट्रको क्षमताबाट सम्भव हुन सक्ने जनहितका कामहरूको नयाँ सूचि सार्वजनिक गरेर इमान्दरिपूर्वक कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाउनुपर्छ । त्यसो भयो भने हिजोको कुरा जनताले बिर्सने छन् । क्षमा गर्ने छन्. । फेरि फेरि पनि भरोसा गर्नेछन् । तर आशा गर्ने कुरा एउटा हा,े विश्वास गरिहाल्न भने गाह्रो छ । “मैले पत्रै देखिन, मलाई अन्धकारमा राखियो” भनेर झुटो बोल्नुपरेकोमा लज्जाबोध गरेको अव्यिक्ति सार्वजनकि गर्ने प्रधानमन्त्री फेरि पनि झुटो बोलेका हुन् भन्ने हल्ला आएको छ । प्रधानमन्त्रीले चिठी पढेका थिए भनेर दावी गर्नेहरू देखिएका छन् । जनताले भन्ने कुरा त कति मात्रै हो भने हिजो जे भयो भयो, अब सुधारिनु प¥यो । बोल्नका लागि बोल्ने होइन, बोलेको कुरा गरिपु¥याउनु पनि प¥यो । बस । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here