गृहमन्त्री थापाद्धारा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ

233

काठमाडौं– साउदी अरबमा हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको छ ।

टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए ।
त्यस्तै, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।

यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जाने जनाइएको छ ।

हज गर्न जानेमा अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here